26 May 2020  |   बुधबार, जेष्ठ १४, २०७७

घोडाघोडी नगरपालिकाले १३ शैयाको आइसोलेसन वार्ड संचालन गर्दै,आइतबारदेखि संचालनमा आउने

    | प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६  

सुखड,कैलाली । विस्व आक्रान्त पारेको कोरोना भाइरस  संक्रमण रोकथामका लागि घोडाघोडी नगरपालिकाले १३ शैयाको आइसोलेसन वार्ड संचालन गर्ने भएको छ । शनिबार बसेको नगरपालिकाको आकस्मिक बैठकले आइतबार साँझबाटै सञ्चालनमा ल्याउने गरी आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको हो ।

नेपाल -भारत खुल्ला सीमानाका कारण आवतजावत गर्नेको सङ्ख्यालाई हेरि कोरोना भाइरस संकरमणको हिसाबले घोडाघोडी पनि जोखिममा रहेको भन्दै आइसोलेसन वार्ड तयार गर्न लागिएको बताइएको छ । यसकालागि सुखडमा रहेको भिजन अस्पतालको खाली भवनमा १३ बेडको आइसोलेसन वार्ड तयार गर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए ।

नगरपालिकाले आइसोलेसन वार्ड तयार गरे नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न सकिने जनाएको छ । यसका साथै नगरपालिकाले कोरोना बाट जोगिन उच्च सतर्कता अपनाउन समेत नागरिकलाई आग्रह गरेको छ । नगरपालिकाले काम विशेष बाहेक अनावश्यक रूपमा बाहिर निस्कन ,भीडभाड नगर्न र त्यस्तो ठाउँमा नजान आग्रह गरेको छ ।

प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६     12:31:04 PM  |

प्रतिक्रया दिनुहोस्