1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

कोरोना सन्त्रास बौनियामा कृषि हाटबजार बन्द

    | प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६  

बौनिया ,कैलाली । यहाँको बर्दगोरिया गाउँपालिका स्थित  बौनिया बजारमा रहेको हाट बजार बन्द भएको छ । विस्वव्यापी संक्रमणमा रहेको कोरोना भाइरसका कारण बर्दगोरिया कृषि हाट बजार बन्द हुन पुगेको हो ।

हाटबजार बन्द भएपछि यहाँको स्थिति सुनसान बनेको छ भने स्थानीय स्तरमा उत्पादित कृषि उपजले बजार पाउन गाह्रो भएको छ । कोरोना संक्रमणको त्रासले पहिलेको तुलनामा बजारमा उपभोक्ताको आवातजावत समेत कमि देखिन थालेको छ ।

प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६     2:39:17 PM  |

प्रतिक्रया दिनुहोस्