कैलालीको गोदावरीमा विस्फोटमा परि १ जनाको मृत्यु

अत्तरिया,कैलाली । कैलालीको गोदावरीमा विस्फोट हुँदा १ को ज्यान गएको छ ।आइतबार गोदावरी नगरपालिका वडा नम्बर चार फूलबस्तीमा पित्तल जस्तो देखिने वस्तु विस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार जंगलमा भेटिएको उक्त वस्तु आगोमा तताउँदा पड्किएर बिकको ज्यान गएको हो ।

अहिले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रतिक्रया दिनुहोस्