26 May 2020  |   बुधबार, जेष्ठ १४, २०७७

कोरोना रोकथाम तथा उपचार प्रक्रिया प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले दियो सातै प्रदेशलाई निर्देशन

    | प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६  

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचार प्रक्रिया थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशलाई निर्देशन दिएको छ । मन्त्रालयले विशेष सर्कुलर पठाउदै सातवटै प्रदेशमा आबस्यक चिकित्सकहरु परिचालन गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयको मन्त्रिस्तरको निर्णयअनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस ) रोगका कारण नेपालले समेत विशेष तयारी तथा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रदेश अन्र्तगत कार्यरत मेडिकल अधिकृत, वा सो सरह शैक्षिक योग्यता भएका, वरिष्ठ चिकित्सकहरु तथा नेपाल  सरकारको छात्रवृतिमा अध्ययन एमडीएमएसका विद्यार्थी तथा एमवीवीएस का विद्यार्थीहरुलाई कोरोना रोकथाममा लाग्न र खटाउन निर्देशन दिएको हो ।

मन्त्रालयले प्रदेश अन्तर्गत सरकारको छात्रवृत्तिमा अध्ययनपछि कार्यरत मेडिकल अधिकृतहरु (एमबीबीएस वा सो सरह शैक्षिक योग्यता भएकाहरुलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी अवाश्यक्ता अनुसार परिचालन गर्न सातै प्रदेशलाई निर्देशन दिएको छ ।

प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६     5:33:43 PM  |

प्रतिक्रया दिनुहोस्