1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

कोरोनाबारे घोडाघोडीमा सचेतना अभियान सुरु,राज्य संयन्त्रदेखि सामाजिक संस्था सक्रिय

    | प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६  

इन्दु केसी,सुखड । विश्वभरी भयावह रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस बारे कैैैलालीको घोडाघोडीमा सचेतना अभियान सुरु भएको छ । घोडाघोडी नगरपालिकास्थित घोडाघोडी अस्पतालले अस्पतालमा प्रबेश गर्नुपुर्ब साबुन पानिले हात धुनु पर्ने ब्यवस्था गरेको छ ।

कोरोना भाइरसबाट बच्नका लागि अस्पतालले जनहितमा जारी सन्देशको ब्यानरसहित साबुन पानिले हात धुनुपर्ने ब्यवस्था गरेको घोडाघोडी अस्पतालका अध्यक्ष विश्णु प्रसाद सापकोटाले जानकारी दिए । उनले विश्वभरी भयावह रुपमा फैलिइरहेको कोरोना भाइरसबाट सुरक्षित रहन साबुनपानीले हात धुने तथा स्वयं सरसफाइमा सचेत रहनुपर्ने बताए ।

यसैगरी घोडाघोडी अस्पताल र घोडाघोडी नगरपालिकाको सहकार्यमा आइसोलेसन वार्ड स्थापना गर्ने तिब्र तयारी भएको छ । जसका लागि सुखड स्थित एक घर भाडामा लिइसकेको छ ।

नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि कार्यपालिका तथा विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको थियो । सोहि बैठकले घोडाघोडी अस्पताल संग सहकार्य गरि १३ बेडको आइसोलेसन वार्ड सञ्चालनका लागि तयारी थालेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नको लागि घोडाघोडी अस्पतालसंग समन्वय गरि जनचेतनामूलक सन्देश प्रचारप्रसार गर्ने , कोरोना भाइरस बाट सुरक्षित रहन साबुनपानीले हात धुने तथा स्वयं सरसफाइमा सचेत रहनको लागि नगरपालिकाले बढी आवतजावत हुने विभिन्न ठाउँमा हात धुने ठाउँ निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय सुखडले पनि माईकिङ गरिरहेको छ । विश्वभरी महामारीका रुपमा कोरोना भाईरस बारे सचेतना फैलाउनका लागि माईकिङ गरिएको हो । कोरोनाका लक्षण र रोकथामका उपायहरु बारे स्थानियहरु लाई सचेतना फैलाउने उदेश्यले माईकिङ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिए ।

कोरोना बाट सुरक्षित रहनका लागि घोडाघोडीमा युवाहरु समेत लागि परेका छन ।घोडाघोडी नगरपालिकाका युवाहरुले सर्वसाधारणलाई निःशुल्क रुपमा मास्क र हात हुने साबुन वितरण गरेका छन् ।

एकता युवा क्लब वडा नम्बर ८ दिपनगरले सुखड बजारमा आउने सर्वसाधारणलाई ४ सय भन्दा बढी निःशुल्क मास्क र साबुन वितरण गरेका हुन् ।

नोबेल कोरोना भाइरसको संक्रमण बाट बच्न मास्क र साबुन वितरण गरिएको एकता युवा क्लब अध्यक्ष ईन्द्र बहादुर खत्रीको भनाइ छ।

यसैबिच घोडाघोडी बहुमुखी क्याम्पसमा रहेको युवा रेडक्रस सर्कलले कोभिड १९ को बिषयमा सचेतना बढाउन थालेका छन । सर्कलले आईतबार सुखड बजारमा स्थानीयलाई कोभिड १९ का बिषयका भ्रम र बास्तबिक्ताका बिषयमा तयार पारिएका पम्पलेट बितरण गर्दै सबै सचेत बन्न आग्रह सहित कार्यक्रम गरेको छ ।

युवा रेडक्रस सर्कल घोडाघोडी बहुमुखी क्याम्पसका सभापित कपिल सापकोटाले आफ्नो क्षेत्रबाट दायित्व पुरा गर्दै नागरवासीलाई सचेत बनाउन अभियान थालेको बताएका छन ।

नगरका बिभिन्न ठाउमा पुगी कोभिड १९ का बारेमा फैलिएका हल्ला र वास्तबिक्ताका बारेमा आम नागरिकलाई जानकार बनाई हतोत्साहित नभई सचेतना अपनाउने अवस्था सृजना गर्ने रेड्क्रस सर्कलको उदेश्य रहेको  छ ।

प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६     9:44:57 PM  |

प्रतिक्रया दिनुहोस्