1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

कैलालीमा सोमबार दिउँसो दुई बजेदेखि निषेधाज्ञा जारी

    | प्रकाशित मितिः सोमवार, चैत्र १०, २०७६  

कैलाली । विस्वव्यापि रूपमा फैलिएको कोरोना भाईरस संक्रमणको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । नेपाल -भारत सीमावर्ती क्षेत्रका कारण कोरोना संक्रमणका हिसाबले कैलाली जिल्ला पनि जोखिममा रहेको भन्दै सोमबार दिउँसो दुइबजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेक अनावश्यक भिड,हिडडुल,जमघट ,भेला सभा सम्मेलन गर्न नपाईने उल्लेख छ ।

प्रकाशित मितिः सोमवार, चैत्र १०, २०७६     1:11:28 PM  |

प्रतिक्रया दिनुहोस्