1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

भोलिदेखि देश पूर्णरूपमा लकडाउन,बिहान ६ बजेदेखि घर बाहिर पनि निस्कन नपाइने

    | प्रकाशित मितिः सोमवार, चैत्र १०, २०७६  

काठमाडौ । कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले भोलिदेखि पूर्णरुपमा देशलाई लकडाउन गर्ने निर्णय गरेको छ ।

फ्रान्सबाट आएकी १९ बर्षीया एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर सर्वसाधारणलाई घर बाहिर निस्कन दिइने छैन।

सरकारको निर्णय अनुसार भोलि मंगलबार बिहान ६ बजेदेखि एक सातासम्मका लागि लकडाउन हुनेछ । यद्यपि सरकारले खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्न पाइने जनाएको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र १०, २०७६     9:20:53 PM  |

प्रतिक्रया दिनुहोस्