1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

कोरोनाबाट विश्व प्रसिद्ध अमेरिकि नाटककार टेरेन्स मेक्नलीको निधन

    | प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६  

काठमाडौं । विश्व प्रसिद्ध अमेरिकि नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।उनको  ८१ उमेरमा मंगलबार राती मृत्यु भएको हो । विश्व प्रसिद्ध  नाटककार टेरेन्सले चार पटक टोनी पुरस्कार जितेका थिए ।

टेरेन्सको अमेरिकाको फ्लोरिडामा मृत्यु भएको हो । कोरोनाबाट सवैभन्दा ठुलो कलाकारको पहिलो मृत्यु भएको यो पहिलो घटना हो ।उनले विश्व इतिहासका सर्वाधिक ३६ भन्दा बढी नाटक लेखेका थिए ।

समाचारमा उल्लेख गरिएअनुसार उनी क्यान्सरबाट पहिलेदेखि नै पीडित थिए । मेक्नलीको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट उनी जोगिँदै आएका थिए ।

प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     2:50:32 PM  |

प्रतिक्रया दिनुहोस्