1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

कोरोनाका कारण खाद्यान्न अभाव हुदैन,सरकारले भन्यो अझै तीन महिना पुग्ने सामाग्री मौज्दात छ

    | प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६  

काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच जनताले खाद्यान्न समस्या भोग्न नपर्ने सरकारले स्पष्ट पारेको छ । पछिल्लो केही समय यता विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको त्रासले आमसर्वसाधारण दैनिक उपभोग्य खाद्यवस्तुको अभाव हुन्छ कि भन्ने आशंकले त्रसित भएको बेला सरकारले यस्तो स्पष्ट पारेको हो ।

सरकारले अझै तीन महिनालाई पुग्ने पर्याप्त चामल मौज्दात भएको जानकारी समेत गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनालाई पुग्ने २५ हजार ७ सय ३३ मेट्रिक टन मौज्दात भएको जानकारी गराएको हो ।तीनदेखि ६ महिनालाई पुग्ने पर्याप्त खाद्यान्न वस्तु मौज्दात त्रसित नहुन सरकारले पटकपटक आमसर्वसाधारणलाई आग्रहसमेत गरिरहेको छ ।

सरकारले भान्सामा दैनिक नभई नहुने अत्यावश्यक वस्तु नुन १० महिनालाई मौज्दात रहेको मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले १० महिनालाई पुग्ने पर्याप्त नुन मौज्दात हुँदा अनावश्यक खरिद गरी घरमा नथुपार्न उपभोक्तालाई आग्रह गरिन् । केसीले हाल मौज्दात नुन १० महिना, चामल तीन महिना रहेको बताइन् । उनी नुन १ लाख ५९ मेट्रिक टन र चामल २५ हजार ७ सय ३३ मेट्रिक टन मौज्दात रहेको जानकारी गराएकी छन् ।

सहप्रवक्ता केसीका अनुसार चिनी ५ हजार मेट्रिक टन गोदाममा मौज्दात रहेको र ५ हजार मेट्रिक टन रेलवे मुभमेन्टमा रहेको छ । देशभर चिनी मासिक २० मेट्रिक टन खपत हुँदै आएको छ । यसैगरी, सहप्रवक्ता केसीले पेट्रोलियम पदार्थको आपूर्तिमा समेत कुनै अभाव नभएको जानकारी गराएकी छन् ।

केसीका अनुसार पेट्रोल दैनिक ४ हजार किलोलिटर माग भएको २ हजार ७ सय २१ किलोलिटर खपत भइरहेको छ । मौज्दात ५ हजार ९ यस ४७ किलो लिटर रहेको छ ।

यसैगरी, डिजल दैनिक १० हजार किलो लिटर माग भइरहेको छ भने खपत ८ हजार ६ सय ३७ भइरहेको छ । मौज्दात ३४ हजार १ सय ७४ किलोलिटर छ । यसैगरी, हवाई इन्धन दैनिक ८ सय खपत हुनेमा २ सय २६ किलोलिटर खपत भइरहेको छ । मौज्दात ७ हजार १ सय ७६ किलो लिटर रहेको छ ।

यसैगरी, एलपी ग्याँस दैनिक माग १३ यस मेट्रिक खपत ३१ हजार २ यस २४ मेट्रिक टन खपत भइरहेको छ । मासिक कोटा ३८ हजार मेट्रिक टन रहेको छ । मार्च २३ सम्ममा ३१ हजार २ सय २४ मेट्रिक टन आपूर्ति भएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     3:13:28 PM  |

प्रतिक्रया दिनुहोस्