बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

काठमाडौं । बेलायती राजकुमार चार्ल्समा कोरोना भाइरसको संक्रमण देखिएको छ। ७१ वर्षीय प्रिन्स अफ वेल्स चार्ल्समा संक्रमणको मध्यम लक्षण देखिएको बीबीसीले जनाएको छ।

उनी बस्दै आएको क्ल्यारेन्स हाउसका प्रवक्ताले राजकुमारमा भाइरस पोजिटिभ देखिएको पुष्टि गरेको छ। यद्यपि उनको स्वास्थ्य अवस्था हाल राम्रै रहेको बताइएको छ।उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भने भाइरसको संकरमण नभएको देखिएको छ ।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको बीबीसीले लेखेको छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका “कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव” नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रया दिनुहोस्