कैलालीमा कोरोना भाइरसको आशंकामा ९ जनालाई अस्पताल भर्ना गरियो

कैलाली । धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९ जना लाई भर्ना गरिएको छ । भर्ना भएकाहरुमा एक जना संयुक्त अरब इमिरेट्सको दुबई र अन्य भारतवाट आएका व्यक्ति हुन् ।

आठ जनाको स्वाव परीक्षणका लागी अस्पतालको गाडीमा गएराति काठमाडौ पठाइसकिएको र बाँकी एकजनाको आज पठाउने तयारी भइरहेको अस्पतालका डा.जगदीश जोशीले जानकारी दिए । उनले भाइरस पहिचानका लागि नमुना काठमाडौं पठाउनु पर्ने झन्झट छँदैछ, त्यसैमा लकडाउनका परीक्षणमा ढिलाइ हुन थालेको बताए ।

यसअघि पनि भारत कतार दुबई लगायतका स्थानवाट आएका ८ जना संकास्पदलाई आईसोलेसनमा भर्ना गरिएको थियो ।  उनीहरुको स्वाव परीक्षण नेगेटिभ आइसकेको उनले बताए ।

अस्पतालमा १० वेडको आइसोलेसन सुविधा रहेको छ  । डां. जोशीले संकास्पद बिरामीका लागि अस्पतालकै अर्को भवनमा ३५ जनासम्म अटाउने वेड निर्माण भइरहेको बताए ।

प्रतिक्रया दिनुहोस्