बैंक तथा वित्तिय संस्थाहरुले अब ११ देखि १ बजेसम्म सेवा दिने

काठमाडौ । लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु अब आंशिक रुपमा खुल्ने भएका छ्न । बैंकहरुका सीमित शाखा आजदेखि आंशिक रुपमा खुलेको बैंकर्स एसोसिएसनले जनाएको छ ।

संघका अनुसार अर्को निर्णय नहुञ्जेलसम्म बिहान ११ देखि १ बजेसम्म बैंकका केही शाखाहरु खुल्नेछन् । कोरोना भाइरस (कोभिड–१९ ) रोकथाम तथा नियन्त्रणका लागि गतिठ उच्चस्तरीय समन्वय समितिको निर्देशनमा बैंक खुलेका हुन् ।

बैंक बन्द हुँदा पछिल्लो तीन दिनयता आर्थिक कारोबार ठप्पै थियो । नेपाल राष्ट्रबैंकले समेत नगद अभाव देखिन थालेको भन्दै बैंक खोल्न निर्देशन दिएको थियो ।

प्रतिक्रया दिनुहोस्