1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसके नेपालमा महामारी फैलिन सक्ने चेतावनी

    | प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६  

काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ ।यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिन सक्ने उसको चेतावनी छ ।

नेपालमा अहिलेसम्म तीनवटा कोरोना संक्रमित केस देखिएको छ । तीनवटै केस विदेशबाट आएका छन् ।

नेपालमै भने कोरोना संक्रमित अहिलेसम्म पाइएको छैन । सोही कारण डब्लुएचओले पहिलो चरणमै कोरोनाको संक्रमण रोक्न नेपाललाई विशेष आग्रह गरेको हो । इटाली, स्पेन र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस चरण चरणमा प्रवेश गरेको उसको ठहर छ ।

विदेशबाट आएकाबाट पहिलो चरणमा फैलिएको कोरोना भाइरसलाई फैलिएको आधारमा विश्व स्वास्थ्य संगठनले चार चरणमा वर्गीकरण गरेको छ । पहिलो चरण– बिदेशबाट आएकाहरूमा मात्र कोभिड–१९ पोजिटिभ देखिएकोमा दोस्रो चरणमा उनीहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र देखिएको थियो ।

तेस्रो चरणमा भने कहिँ कतै नगएका र विदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकालाई कोरोना पोजिटिभ देखिने चरणमा पुग्ने बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६     3:10:53 PM  |

One Comment

  • Sharma G P R

    त्यसैले पनि सरकारले विदेश उडान कडा गर्‍यो ठिक कुरो हो । यसकासाथसाथै प्लेन अवतरण गर्ने बित्तिकै क्वारेन्टाइनको व्यवस्ता गरेर कसलाई कहाँ राख्नु पर्ने हो राख्ने व्यवस्था गर्नु पर्ने थियो । खैर ढिलै भए पनि सराहनीय काम सुरु भएको छ । अब झन सजगता अपनाउनु पर्ने देखिएको छ । कडा नीति र निर्देशन साथ स्वास्थ्य जाँच अनि कठोर भन्दा कठोर नीति लिनु अति आवाश्यक छ ।

प्रतिक्रया दिनुहोस्