1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

दक्षिण कोरियामा ९७ वर्षिया बृद्ध महिला कोरोना भाइरसको संक्रमणबाट बनिन मुक्त

    | प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६  

काठमाडौ । दक्षिण कोरियामा एक वृद्धा कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट मुक्त भएकी छन् । उनी कोरोनाबाट मुक्त भएकी विश्व कै सबैभन्दा बढी उमेरकी पहिलो वृद्धा बनेकी छिन् ।

समाचार संस्था योन्हाप न्यूजका अनुसार दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएकी हुन् । उनीबारे थप जानकारी नदिएपनि वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोना भाइरसविरुद्धको सकारात्मक समाचार भनिएको बीबीसीमा उल्लेख गरिएको छ।

यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो।

प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६     5:02:18 PM  |

प्रतिक्रया दिनुहोस्