स्पेनमा चार नेपालीमा कोरोना संक्रमणको पुष्टि

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) कारण स्पेनमा चार नेपालीमा संक्रमण पुष्टि भएको छ ।

संक्रमित नेपाली सबै बार्सिलोनमा बस्दै आएका थिए । हाल उनीहरुको उपचार भइरहेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुन्टी शेर्पाले चार नेपाली संक्रमित भएबारे दूतावासमा जानकारी आएको बताइन् । यद्यपि उनीहरुको पहिचान भने नखुलेको शेर्पाले बताइन् । स्पेनमा हालसम्म कोरोनाबाट ४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्यासमेत ६० हजार नाघेको छ । स्ेपनमा १० हजार बढी नेपाली रहेको गैरआवासी नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्