1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

शुक्रवार पश्चिम नेपालमा मौसम बदली,वर्षा हिमपात र चट्याङको सम्भावना

    | प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६  

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालको  पश्चिमी क्षेत्रमा मौसम निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल हाल देशको  पश्चिमी भू–भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी  भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । महाशाखाका आज अनुसार दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने पश्चिमी  भू–भागका  केही स्थानहरुमा र मध्य तथा पुर्वी  पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

यता, हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।महाशाखाले राति देशको पश्चिमी र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहने जानकारी दिएको छ ।

त्यस्तै, देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग  तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।  हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम  हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६     9:00:44 AM  |

प्रतिक्रया दिनुहोस्