नेपालमा पहिलोपटक अपांग प्रतिभा अवार्ड २०२०को तयारी

काठमार्डौ । नेपालमा फरक क्षमता (अपांगता) भएका व्यक्तिहरुका लागि पहिलोपटक डिफरेन्टली एबल ट्यालेन्ट अवार्ड हुने भएको छ । दिव्यज्योती फाउन्डेसन नेपाल र र्चिल्डेन गार्डेन एकेडेमिको आयोजनामा उक्त अवार्ड गर्न लागिएको कार्यक्रम संयोजक तथा विश्व साइकल यात्री चित्र पौडेल र रश्मि शाक्यले जानकारी दिए ।

शाक्यका अनुसार लकडाउन खुलेपछि
(डिफरेन्टली एबल ट्यालेन्ट )अवार्ड २०२० को आवेदन खुल्ला गरिने छ । यसका लागि देशका सातवटै प्रदेशका मुख्य सहरहरु विर्तामोड, ईटहरी, जनकपुर,चितवन,पोखरा, बुटवल नेपालगंज ,धनगडीबाट फरक क्षमता भएका विभिन्न विद्याका प्रतिभाहरु छनौट गरी काठमाडौंमा फाइनल कार्यक्रम आयोजना हुने छ ।

यस अवार्डका लागि नृत्य, गायन ,चित्रकला ,हस्तकला,आविस्कार, तथा संगीतिक कला प्रस्तुत गर्न सकिनेछ,जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा बिजयी गराईनेछ । बिजयी हुनेले नगद रुपैयाँ तीन लाख ,प्रमाणपत्रसहित मुस्ताङ घुम्न पाउनेछ्न ।

प्रतिक्रया दिनुहोस्