दिगो पर्यटन विकास र सकारात्मक सोंच


दीपक जैसी
नेपालको सन्र्दभमा सम्बृद्धिको मुख्य आधार पर्यटन नै हो । पर्यटनका लागि उत्कृष्ट गन्तब्यको रुपमा रहेको नेपाल जहाँ प्राकृतिक सौन्र्दयता स्वच्छ हावापानि तालतलैया साथमा मनै लोभ्याउने कोईलिको आवाज साथमा डाफे र मुनाल अनि जैबिक विभिधता, बहुजातिय, बहुभाषिय,सामाजिक, नैतिक,ऐतिहासिक, सास्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी गन्तब्यका रुपमा रहेको सर्वोच्चो सिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, पबित्र धार्मिकस्थल पशुपतिनाथ, जनकपुरधाम लगाएतका हजारौं पर्यटकिय स्थलहरु अवस्थित छन् ।

यहाँको पर्यटन विकासका लागि पर्यटक आगमन पहिलो महत्वपूर्ण कुरा हुन जान्छ । त्यसमा पनि थप पर्यटकिय क्षेत्रहरुलाई बिस्तार र प्रर्वधन गर्नका लागी सकारात्मक सोंचको खाँचो हुन्छ । पर्यटकिय स्थलहरुलाई विश्वसामु चिनाउन पर्यटकहरुले सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण वनाउनु पर्दछ ।

नेपालमा भएका पर्यटकका लागी र्यापटिङ, साईकिलिङ, म्याराथुन, स्काई  ड्राईभिङ्ख,वन्जिजम्प, ट्रेकिङ्ख लगाएत खेलहरु पछिल्लो समयमा लोकप्रिय बन्दै गईरहेका छन् । यसको निरन्तरता सम्वर्धन र प्रबन्धनका लागी राम्रो गुरु योजना बनाउन आवस्यक छ । तसर्थ पर्यटन क्षेत्रको  सम्भावनालाई अधि बढाउनका लागी चिन्तन सिलभएर राज्य र जनता लाग्न जरुरी छ ।

नेपालको पर्यटन व्यवसायले देशका वेरोजगारी यूवाहरुलाई रोजगारीको अवसर प्राप्तहुने भएकोले यसको सम्वर्धन प्रबन्धन र विकासका लागि सबै नागरिक र राज्य लाग्नु पर्दछ । विश्व जगतमा मान्छेले समुन्द्धभित्र पाँचतारे होटल निर्माण गरिसकेका, चन्द्धमामा वस्ती बसाउन लागि परिरहेका,नयाँनयाँ प्रबिधी अपनाएका छन् भने हामी नेपालीहरु जहाँ मनमोहक सुन्दर ठाँउहरुलाई पर्यटककीय हिसावले सकारात्मक सोंचका साथ अगाडी बढाई नेपाललाई बिश्वमा पु¥याउन सक्छौ ।

नेपालमा आउने पर्यटकहरुको मानसपटलमा रहेको नकारातमक सोंचलाई जरैदेखी उखेल्नु पर्दछ ,तर्सथ पर्यटन सम्बन्धि बृहत अभियान चलाउनु पर्दछ,सकारात्मक सोंचका साथ पर्यटन क्षेत्रहरुलाई अगाडी बढायौ भने प्राकृतिक सौन्दर्यको अनुभुति पर्यटकहरुलाई दिनसके हामी नेपाली हाम्रो नेपाल लाई बिश्वकै धनिदेश वनाउनमा दुईमत छैन ।

पर्यटकहरु सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण बनाई पुर्वाधार निर्माण गरी पुर्वाधारको  महत्वपुर्ण क्षेत्र सडक, हवाई सेवा, यातायात, होटल, रेस्टुरेन्ट, सुरक्षित स्थान, र अनुभवि राम्रो गाईडिङ्ख समेत पर्यटकलाई घुमफिरको वातावरण बनाईदिने त्यसका साथै स्रोत साधन र दक्षजनशक्तीको अध्यायन गरी बिज्ञ समुहबाट दिर्घकालिन नितीनियम अबलम्बन गरी कसरी गुणस्तरीय र परिणाममुखी पर्यटकिय क्षेत्र वनाउन सकिन्छ । योजना बनाई सकारात्मक सोंचका साथ अगाडी बढेमा बिदेशी मुद्धा आर्जन र रोजगारीको बृद्धिसँगै नेपालीहरुको जिवनस्तरमा सुधार भई पर्यटन ब्याबसाय नेपालको बिकाश सँगै अगाडी बढ्ने छ । प्रमुख आयश्रोत मानिने पर्यटन ब्यबसायले समृद्धीकको गोरेटो तय हुनेछ ।

पर्यटन व्यवसायलाई फराकिलो मजबुत राष्टिय तथाअन्र्तराष्टिय स्तरमा पुर्याउनको लागि राज्य सरकार सो क्षेत्रमा प्रभावकारी सैलिमा उपस्थिती भई पर्यटन मैत्री वातावरण सृर्जना गर्ने  क्षमतालाई हृदय देखी आत्मसाथ गरेको छैन त्यसका साथै ट्राभल्स कम्पनी तथा ट्रेकिङ्क र एजेन्सिको बजारीकरण संचालन तथा ब्यवसायिक प्रर्बद्धन संग प्रत्यक्ष सरोकार राख्ने निजीएजेन्सि संग एक आपसमा सवन्वय सहकार्य समेतको खाचो रहेको छ । हाम्रो भन्दा कमजोर भएका देशले पर्यटन बाट ठुलो उपलव्धी गरीसके र आर्थिक फट्को मारीसके तर हाम्रो राज्यले पर्यटन व्यवसायप्रतीकुनै राम्रो ठोस कदम र पहल नचाल्दा हाम्रो मुलुक प्रकृतिको खानी स्वर्गको एक टुक्रा भएर पनि प्रगतीहुन सकेको छैन ।

नेपाली पर्यटक उद्योगलाई कसरी प्रर्वधन र संरक्षण गर्न सकिन्छ त्यसमा राज्यलागी पर्नु पर्छ तवमात्र नेपालको बिकासको अभियान सार्थक हुन्छ । नेपालमाआउने पर्यटकहरुको मानस पटलमा रहीरहेका नेपालप्रतिको नकारात्मक सोंचलाई जरैदेखि उखेल्नु पर्दछ, तसर्थ पर्यटन सम्वन्धि बृहत अभियान चलाउन जरुरी छ । प्राकृतिक सौन्दर्यताको अनुपम रुपलाई विश्व सामु चिनाउनतपाई हामीलाग्नु पर्दछ ।

प्रतिक्रया दिनुहोस्