म बच्चैदेखि रेडियोकर्मी र कलाकार भनेपछि निकै नजिक हुन्थें – ईच्छुक

डिलाराम आचार्य ‘ईच्छुक’

म सानै थिएँ जतिबेला सञ्चारमाध्यम भनेकै रेडियो नेपाल थियोे । म लोकगित र रेडियो भनेपछि भुतुक्कै हुन्थें ।२/३ कक्षामा पढ्ने बेला बनमा गोठालो जाँदा लोकमालाका लागि चिट्ठी लेख्थें तर पठाउने माध्यम थाहा नपाएर चिट्ठी गाईको भकारमा भेटिन्थे ।

१ दिन बजार गएको थिएँ घण्टाघर लाईनमा एउटा टावर देखें चासोको साथ सोधें के को टावर होला? भनेर कसैले ईमेज च्यानलको हो भने कसैले एफएम को टावर हो भने। अनि मैले सोचें रेडियो नेपाल नजिकै छ किन एफएम राखेको होला भन्ने सोचें। केही दिनपछि सुर्खेतबाट त एफएम रेडियो सञ्चालनमा आयो रे भने अनि हाम्रो स्कुलमा पनि सरहरुबाट चर्चा चल्यो एफएम बज्छ कम्युनिकेशन कर्नरको समाचार बज्छ भनेर । निकै अनौठो लाग्थ्यो रेडियो कस्तो होला रेडियोमा बोल्ने मान्छे कस्ता होलान् ।

अझ चर्चा चल्यो साटाखानिकै नन्द गेलाङ पनि बोल्छन् भनेर अझै अनौठो त मसंगै पढ्ने ललितको दाई रे ।रेडियोमा माया, बन्धना, दिपा, सुधा, नारायण, केशव, प्रकाश, भानु, युवराज, नन्दु, लगायतको टिम थियो, मायाको ल तपाई गाउनुस्, सुधाको लोकमाला, शुभ प्रभात, बन्धनाको शिखरका १०, नन्दुको कानेम्याक्चोलाम, दिपा नारायण, गणेश अाचार्य, केशबको धेरैजसो समाचार, प्रकाशको संगित चौतारी र मैले कहिले नभुल्ने हँस्यौलि ठट्यौलि ।

उता करेखोला दिदिको घर, प्रकाश त करेखोलाकै हुन् रे त अहो ! हो र ? भिनाजुलाई सोध्थे कस्ता छन् प्रकाश ?जवाफमा आउँथ्यो लामो कपाल पालेको कलाकार हुन् नाटक खेल्दै हिँन्छन । करेखोला जाँदा धेरै पटक देख्ने कोशिस गरें र बाटोमा कोही लामो कपाल पालेको देख्नेबित्तिकै प्रकाश भन्ने त्यहि मान्छे हुन् भनेर सोध्थें तर भेट्ने आँट गरिन रेडियोमा बोल्ने मान्छे त ठुला हुन्छन् होला भनेर ।

कार्यक्रममा पठाउने रेडियो भेरीको कार्ड पाइन्थ्यो त्यहि किनेर बाकसमा खसाल्न बडो आँट गरेर थरररर काँप्दै नजिकै गेटमा पुगेसि मुटुको गति १०० माथि पुग्थ्यो । खुत्रुक्क कार्ड खसालेपछि ठुलै भारि बिसाएजस्तो हल्का हुन्थ्यो । १ दिन जन्म दिनको शुभकामना टिपाउन घण्टाघर लाइन बाटै फोन गरेर फोन पसलले रेडियो नजिकै छ गए हुँदैन र भने । आँट आए पो जानू । हैन हानिदिनुस् न काम छ भने फोनको घण्टी गयो ३ घण्टी गयो ४ घण्टी मा हेल्लो रेडियो भेरी एफएम भन्ने आवाज आयो मेरो आधा होस उड्यो र रुन्चे स्वरमा जन्म दिनको शुभकामना टिपाउन हो भने अनि टिपाएँ र ६ रुपैयाँ तिरेर निस्कें ।

भोलिपल्ट खुप चासो दिएर रेडियो सुनियौ सबैले खुप खुसि लाग्यो गाउँ भरि हल्ला भयो आज रेडियो बाट मेरो नाम भन्यो भनेर ।

साङ्गितिक कार्यक्रममा पठाएको पत्रमा नाम आउँदा छुट्टै महसुस हुन्थ्यो । स्कुलमा सरहरुले पनि खुप चर्चा गर्नुहुन्थ्यो । रेडियोमा हेर्ने भनेर जान्थें तर बाहिरैबाट फर्केर आउँथें। १ दिन केशव कोईराला सरसँग भेट र चिनजान भयो उहाँले रेडियोबारे सबै देखाउँदै मेरो जान्ने ईच्छा मेटाउनुभयो । रेडियोमा अत्याधिक पत्र पठाउँथें ३ देखि ६ महिनाको पालो आउँथ्यो ।

दिन बित्दै गए साँच्चिकै कति रमाईला र भिन्नै थिए पल । प्रकाश र भानु नाम अझैसम्म भुलेको छैन । हुन त भेट भएको छैन तर भेट नभएपनि यादमा ताजै छ।। अनि युवराज सरको साहित्य सुधा र भेरी खबर सुनेर चिनेको थिएँ । धेरै वर्ष पछि १ दिन जागरण एफएममा समाचार पढेको सुने त्यति बेला( दिपा दिदी बाहेक ) सबै दायाँबायाँ लागिसक्नु भएको थियो।

युवराज सरको आवाज सुनेपछि आँट गरेर जागरण एफएममा पुगें।यसअघि धेरै पटक जाने कोसिस गरे पनि ढोकामा लेखिएको अनुमती बिना प्रवेश निषेध कागजको कारण फर्केर झर्थें ।११ बजेको अपडेट सकिए लगत्तै ढोकैनेर रेडियो कानमा टालेर बसेको थिएँ, उहाँ अनएअर बाट बाहिर आउने बित्तिकै सर नमस्कार भन्ने आँट गरे ढोका बाहिरै बाट । अनि उहाँ स्टेशन मेनेजरको कोठामा आउनुभयो जुन म उभिए तिरै थियो । बिस्तारै नजिकिँदै कुरा गर्ने आँट गरें। उहाँको बारे सोधखोज गरें मेनेजर भयर आउनुभएको रहेछ । म निरन्तर रेडियोमा आउने जाने गर्न थालें ।सरले रेडियो श्रोताक्लब गठन गर्न भन्नूभयो । उहाँले भनेबमोजिम मैले नमुना जागरण रेडियो श्रोताक्लब गठन गरें र निरन्तर गाउँघरका समाचार पठाउन थालें ।

त्यतिबेला सक्रिय भनेको बर्दियाबाट सुशील खड्का, बाबियाचौरबाट अमर कार्की र साटाखानीबाट म थियौं । निरन्तर रेडियो नजिकै रहेर काम गर्ने चिट्ठी पठाउने फोन गर्ने गर्दै गएँ । बिस्तारै दिन उमेर ढल्दै गयो । यो बिचमा रेडियो भेरी र जागरण एफएमका बीचमा म धेरै निकट भएँ, अरु रेडियोमा त्यति नजिक भएर नरहे पनि सुन्ने काम हुन्थ्यो नै । रेडियो भेरीमा मैले नभुलेको नाम माथि उल्लेख बाहेक अर्जुन, ध्रुब, गणेश, निशा, दिपेश, सुचित्रा, कृष्णा, सुनिता, सबिता, कति कति ।

जागरणमा कबिन्द्र केसि सर बाहेक सबै मेनेजरसँग परिचित भएर रहें। युवराज सर पछि प्रेम चन्द, राजन कँडेल, अकबर खान, अहिले दिपेन्द्र वली ।

यसरी रेडियो निकट रहनु र मैले अत्यन्तै रेडियो बारे जान्ने ईच्छा भएरै उपनाम ‘ईच्छुक’ राखेको हो रेडियो भेरी नै यस्को कारण हो । म बच्चैदेखि रेडियोकर्मी र कलाकार भनेपछि निकै नजिक हुन्थें या भनौं खुब चिज लाग्ने गर्थ्यो जो अहिले पनि छ । रेडियोमा काम गर्ने मान्छे र कलाकार हो भन्दा अझ पनि उस्तै चिज लाग्छ । हुन त मेरो जुन कुरामा चासो र माया थियो त्यो छेउमा रेडियो र गित गाउने ठाउँसम्म पुगे पनि महत्त्व घटेको छैन ।। धेरै सम्झना बेदप्रकाश ढकाल, शेरबहादुर आचार्य गाईने…

लेखक ‘ईच्छुक’ जागरण एफएम, वीरेन्द्रनगर, सुर्खेतमा कार्यरत छन्।

 

 

प्रतिक्रया दिनुहोस्