मिर्मिरे युवा समाजद्वारा डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

दैलेख । मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका स्वास्थ्य चौकीहरूलाई कोरोना भाइरसको संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

समाजलेे डुङ्गेश्वर गाउँपालिकाका ६ वटा वडाका स्वास्थ चौकीहरूमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

समाजलेे ३५ थान पीपीई, छ हजार थान मास्क, पाँच हजार ग्लोब्स, ५० लिटर ह्यान्डवास, ३० थान फेस कभर र दुई थान थर्मल गन गाउँपालिका प्रमुख नगेन्द्र मल्ललाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य चौकीलाई दिइएका स्वास्थ्य सामग्री विभिन्न दाताहरूबाट संकलन गरेर गाउँपालिका प्रमुख मल्ललाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष दिनेश विक्रम शाहले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस्