लक डाउनमा विशेष आर्थिक प्याकेज सहित श्वेत पत्र जारी गर्नु आवश्यक – राप्रविसं

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले १ महिना भन्दा लामो समय देखि भएको लकडाउनबाट जनता प्रत्यक्ष मारमा परेको बताएको छ । आर्थिक स्थिति कमजोर भएका मजदुर र काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा अध्ययन गरी बस्ने विद्यार्थीवर्गलाई खाद्यान्न अभावका कारण झनै ठुलो मार परेको समेत संगठनले विज्ञप्ति मार्फत बताएको छ ।

अध्यक्ष महेशबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ “स्वास्थ्य माहामारीसँग लड्ने र त्यसलाई नियन्त्रण गर्ने कार्यमा अग्रसर हुनु भन्दा लकडाउनमा नागरिक घरभित्रै सिमित भएको यस समयमा सरकार असंवैधानिक कदमहरु तिर उद्दत भएको छ। साथै राहत बितरण गर्ने लाइ गिरफ्तारी गर्ने , राहत माग गर्ने विद्यार्थीहरु माथि धरपकड गर्ने कार्य भएको अवस्था छ।साथै यस्ता कार्यहरुको घोर भर्त्सना गर्दै दोषि माथि कानुनी कारबाही गर्न, अफ्ठ्यारो परेका विद्यार्थीहरु लाई तत्काल उचित राहत दिन, राहतमा अनियमिता गर्ने स्थानीय तहमाथि तत्काल छानबिन गर्न र लकडाउनका कारण देशभित्र र विदेशमा अलपत्र परेका नेपालीहरुको स्वास्थ्य एवं सुरक्षा बारे उचित कदम चाल्न राप्रविसं जोडदार माग गर्दछ बिज्ञप्तिमा भनिएको छ ।”

केहीदिन देखि राज्यको नीति निर्माण तहमा रहेका मन्त्री सांसद् लगायतका जनप्रतिनिधिले सिमित तथा आफु अनुकुल मान्छेहरुलाई काठमाडौ उपत्यका र देशका अन्य स्थानबाट घरसम्म पुर्‍याउने कार्य गरिरहेका छन् तर राज्यसँग र जनप्रतिनिधिसँग सम्बन्ध नभएकाहरु अलपत्र परेका छन्। अलपत्र परेका सबैलाई राज्यले मापदण्ड बनाएर उनिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै घर जान पाउने सहज व्यवस्था गर्न पनि हाम्रो संगठन जोडदार माग गरिएको छ ।

कोराना नियन्त्रणका लागि भएका सरकारी कदम, राहत वितरणमा भएको खर्चको विवरण र ध्वस्त भएको देशको आर्थिक अवस्थाको सुदृढीकरणका लागि लकडाउनको स्वरुप परिवर्तन गर्न र विशेष आर्थिक प्याकेजको व्यवस्था गर्दै श्वेतपत्र जारी गर्न सरकारसँग विशेष आग्रह छ।

साथै विश्वभर फैलिएको स्वास्थ्य माहामारीमा पनि यसको नियन्त्रणको लागि अहोरात्र खट्नु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सञ्चारकर्मी र कर्मचारीवर्ग प्रति हार्दिक आभार व्यक्त गर्दै कोरोना भाइरसलाई पराजित गर्न लकडाउनलाइ पुर्णत पालना गर्न र कोरोना भाइरस बिरुद्ध लड्न राप्रविसं सबै पक्षसँग आग्रह समेत गरिएको छ ।

प्रतिक्रया दिनुहोस्