कोरोना कहर : विस्वमा २ लाख १७ हजार ७८४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण ज्यान विस्वमा ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोना संक्रमणका कारण विस्वमा २ लाख १७ हजार ७८४ को ज्यान गइसकेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण  सबैभन्दा धेरै अमेरिकामा ५९ हजार २४६ को ज्यान गएको छ । इटलीमा २७ हजार ३५९ को मृत्यु भएको छ भने स्पेनमा २३ हजार ८२२ को ज्यान गइसकेको छ ।

कोरोना संक्रमणकै कारण फ्रान्समा २३ हजार ६६० को ज्यान गइसकेको छ भने बेलायतमा २१ हजार ६७८ को मृत्यु भइसककेको छ ।

हाल विश्वभर १९ लाख ६५ हजार २३४ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५७ हजार ३०७ को अवस्था गम्भीर रहको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रया दिनुहोस्