भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार नजिक

काठमाडौ । भारतमा नोभेल कोरोना भाइरसको संक्रमण बाट ९३७ जनाले ज्यान गुमाएका छ्न । बुधबार बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस पुष्टि भएका सात हजारभन्दा बढीको उपचार भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले मंगलबार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार ६७४ कोरोना संक्रमित थपिएका हुन् ।  भारतमा लकडाउनका केही प्रावधान खुकुलो बनाइए पनि मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन र सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ । भारतमा ३ मेसम्म लकडाउन जारी रहनेछ ।

प्रतिक्रया दिनुहोस्