भारतमा कोरोना संक्रमित अछामका ८ नेपाली उपचारपछि निको भए

काठमाडौ । भारतको मुम्बईमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका ८ नेपाली उपचारपछि निको भएका छन् ।

अछाम चौरपाटीका स्थायी बासिन्दा उनीहरु सबै एकै परिवारका हुन् । २४ दिन आइसोलेसनमा बसेपछि उनीहरु सबैको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

उक्त परिवारका श्रीमान/श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रया दिनुहोस्