प्रहरी जवान ब्यारेकमै मृत फेला

धनगढी । कैलालीमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहरा ब्यारेकमै मृत फेला परेका हुन् ।

अछामको साविक पायल गाविस घर भएका बोहरा राति ब्यारेकमा सुतेका थिए भने विहान तीन बजे ड्युटीको लागि उठाउन जाँदा मृत फेला परेको बताइएको छ ।

कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रया दिनुहोस्