विस्वमा कोरोना भाइरसबाट २ लाख २८ हजार बढिको मृत्यु, सवा ३२ लाखबढी संक्रमित

काठमाडौ । विश्वभरमा कोरोना भाइरसबाट २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गएको छ। बिहिवार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको सङ्ख्या ३२ लाख १९ हजार २ सय ३५ जनामा पुगेको छ।

कोरोना भाइरस लागेका १० लाख भन्दा धेरै मानिस निको भएर घर फर्किएका छन्।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा कोरोना भाइरस (कोभिड- १९) का कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा २३ सय ५२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ एकै दिन २७ हजार पाँच सय ८६ जना बिरामी थपिएका छन्।

अमेरिकामा हालसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएका छन्। ती मध्ये १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन्।

अमेरिका पछि धेरै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ २७ हनार ६ सय ८२ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३ हार ५ सय ५१ जना संक्रमित छन्।

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ।  कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायतको स्वास्थ्य मन्त्रलायले जनाएको छ। तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो। बेलायचमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित रहेका छन्।

स्पेनमा मृत्यु हुनेको संख्यामा केही कमी आएको छ। त्यहाँ विगत २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाएका छन्। हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा २४ हजारको ज्यान गएको छ। त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ।

ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ। त्यस्तै हाम्रो छिमेकी देश भारतमा ३३ हजार ६२ जना संक्रमित छन्। त्यहाँ हालसम्म एक हजार ७९ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ४ सय ३७ जना निको भएका छन्।

प्रतिक्रया दिनुहोस्