शनिबारसम्म मौसम गडबड रहने, हावाहुरी असिना पानी र चट्याङ पर्ने

काठमाडौ । नेपालमा आज मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल पूर्वी भागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भई बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

शुक्रबार देशको पहाडी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही अपरान्हपछि पश्चिमी र पूर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

इस्तै शनिबार देशको पश्चिमी पहाडी भू–भागमा मध्यान्नपछि तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्