शङ्कास्पद लक्षण देखिएपछि स्वास्थ्यकर्मीकै स्वाब परीक्षण

बागलुङ । कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ ।

दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र एक निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको शङ्कास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए ।

गुरौंका अनुसार कोरोना लक्षण देखिएका निजी क्लिनकमा काम गर्ने स्वास्थ्यकर्मी र  धौलागिरि अञ्चल अस्पतालका एक चिकित्सकको स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना सङ्क्रमितको उपचार गरेको अस्पतालका चिकित्सकलाई नै लक्षण देखिएका कारण तुरुन्दै स्वाब परीक्षणका लागि पठाइएको हो । चिकित्सकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको र अर्का स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।

“सङ्क्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीलाई लक्षण देखिँदा निकै भयभित भएका थियौं”, गुरौंले भने, “डाक्टरलाई कोरोना देखिएको छैन, तर सर्तकता अपनाउन निकै जरुरी छ ।”
रासस

प्रतिक्रया दिनुहोस्