युवाहरूको सक्रियतामा ८० परिवारलाई राहात सामाग्री बाडियो

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा २ सिलहाल टोलमा रहेका विपन्न परिवारका लागि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चाहिने आवश्यक सामाग्री वितरण गरिएको छ ।

ब्रदरहुड टीमको नेतृत्व गर्दै आएका समाजसेवी कुल रावलको पहलमा सिलहाल टोलमा रहेको चौधरी बस्तिका करिब ८० घर परिवारका लागि ग्लोभस,माक्स तथा साबुन लगाएतका सामाग्री वितरण गरिएको हो ।

स्थानीय युवाहरू अरुन नेपाली, कृष्ण वि.क.सुरत खड्का जितेन्द्र सिंह ,अनिल सिंह ,बिनोद आउजि,योगेन्द्र ताम्रकार ,मिलन रैका,मेन्शि नेपाली र विषेश स्वारको सहयोगमा उक्त सामाग्री खरिद गरि बिहिवार बितरण गरिएको दिनेश बमले जानकारी दिए ।

उक्त टीमले केहिदिन अघि धनगढीमा ४ सय ५० जना विपन्न तथा गरिव परिवारका लागि आबस्यक सामाग्री बाडेको थियो ।

प्रतिक्रया दिनुहोस्