बाँकेमा शुक्रबारदेखि लकडाउन कडा पारिने,बिहान १० बजेपछि पसल खोल्न नपाइने

कोहलपुर । बाँकेमा लकडाउनलाई शुक्रबारदेखि थप कडा पारिने भएको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय बाकेले थप कडा पार्ने जनाएको हो ।

यसअघि बेलुका ४ बजेदेखि अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले बिहिबार एक सुचना जारी गर्दै बिहान १० बजेदेखि सबै पसल व्यवसाय बन्द गर्न निर्देशन जारी गरेको हो ।

जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले यो कदम चालेको हो । लकडाउन उलङ्घन गर्नेलाई कानुन बमोजिक कारवाही गरिने जिल्ला प्रशासनद्वारा जारी निर्देशनमा उल्लेख छ ।

प्रतिक्रया दिनुहोस्