सांसद अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता

काठमाडौं । सांसद सुरेन्द्र यादव अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएको छ । बिहीबार राष्ट्रिय मानवअधिकार आयोगमा अपहरणसम्बन्धी निवेदन दर्ता  भएको हो ।

उजुरीमा नेकपाका सांसद महेश बस्नेत, किसान (कृष्णकुमार) श्रेष्ठ, प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नवीन बस्नेतमाथि अपहरणमा संलग्न रहेको भन्दै कारबाहीको माग गरेका छन् ।

समाजवादी पार्टीका सांसद यादवलाई महोत्तरीबाट पार्टी फुटाउने प्रयोजनका लागि अपहरण गरेको भन्दै यसअघि महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरी लिएको थिएन । यादव केही कानुन व्यवसायीसहित आफैं उजुरी लिएर मानवअधिकार आयोग पुगेका थिए ।

प्रतिक्रया दिनुहोस्