भारतमा लक डाउनको समय अझै बढ्न सक्ने

काठमाडौ । छिमेकी देश भारतमा कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समय अझै बढ्न सकने भएको छ । देशका विभिन्न स्थानमा कोरोना भाइरसका विरामी देखिनेक्रम वृद्धि भएपछि सरकारले लकडाउनको समय बढाउन सक्ने भारतीय संचार माध्यमल्व जनाएका छ्न ।

कोरोना भाइरस रोकथामका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ पछि लकडाउनलाई बढाउने कि नबढाउने भन्ने विषयमा थालेको जवाफमा त्यहाँका केहि राज्यका मुख्यमन्त्रीले समय थप गरिनुपर्छ भनी सल्लाह दिएका छ्न ।

विश्वभर फैलिरहेको कोरोना महामारीबाट बच्नका लागि भारत सरकारले गत मार्च २५ बाट लकडाउन जारी गरेको थियो ।सुरुमा भारतमा २१ दिनको लकडाउन घोषणा गरिएको थियो, तर कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि १४ अप्रिलबाट पनि लकडाउन अवधि मे ३ सम्म बढाइएको छ ।

जस अनुसार भारतको लकडाउन अवधि सकिन लागेको छ । समय सकिनै लाग्दा भारत सरकारले मे ३ पछि पनि लकडाउन बढाउँछ कि बढाउँदैन ? भन्ने भारतीय नागरिकलाई मात्र नभई नेपालले पनि चासोका साथ हेरेको छ ।

भारतको केही राज्यका मुख्य मन्त्रीहरुले भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री मोदीलाई कोरोना संक्रमणबाट बच्नका लागि लकडाउनको अवधि बढाउनुपर्ने सुझाव दिएका छन् ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ६२ जना पुगिसकेको छ, भने ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । यसैबीच ८ हजार ४३७ जनाले कोरोनालाई जितेर फर्किइसकेका छन्, भने २३ हजार ५ सय ४६ जना उपचाररत छन् ।

प्रतिक्रया दिनुहोस्