सीमापारी फसेका हजार बढीलाई स्वदेश ल्याईयो

दार्चुला । लकडाउनका कारण भारतको पिथौरागढ जिल्ला अन्र्तगत पर्ने धारचुला सिमामा विगत एक महिना देखि फसिरहेका एक हजार २ सय ९० जना नेपालीलाई आज नेपाल ल्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतिय प्रशासनको समन्वयमा सिमा पुल खुलाइ उनिहरुलाई नेपाल ल्याइएको हो । कोरोना संक्रमण फैलिन नदिन नेपाल‐भारतले गरेको लकडाउनका कारण भारतमा मजदुरी गर्न गएका सुदुरपश्चिम प्रदेश लगायत अन्य जिल्लाका नेपाली नागरिकहरु विगत एक महिना देखी नेपाल संग सिमा जोडिएको धारचुलाको सिमानाकामा फसेका थिए ।

उनिहरुलाई नेपाल ल्याई सम्बन्धित जिल्ला पठाइएको छ । सिमावर्ती क्वारेन्टाइमा विगत एक महिना देखि बसेका एक हजार २ सय ९० जना नेपाली मध्ये खलंगाको नाकाबाट ३ सय ७६ र दत्तुको नाकाबाट ९ सय १४ जनालाई नेपाल ल्याइएको हो । सिमावर्ती क्वारेन्टाइनमा बस्दा तथा लकडाउन भएपछि निकै समस्या परेको बझाङको बुङगल नरपालिकाका जयबहादुर कठायतले गुनासो गर्नुभयो ।

लकडाउनका कारण विगत एक महिना देखि सिमावर्ती क्वारेन्टाइनमा बसेका नेपालीहरुको भारतिय स्वास्थ्यकर्मीहरुले चेकजाँच गरेको तथा कोरोनाको कुनै संक्रमण नभएको धारचुला तहशिलका उप जिल्लाधिकारी अनिल कुमार शुक्लाले बताउनुभयो ।

नेपाल‐भारत प्रशासन संगको समन्वयमा ३५ दिन पछि नेपाल ल्याइएका उनिहरुलाई स्वास्थ्य चेकजाँच तथा खाजा खुवाएर सम्बन्धित जिल्ला पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनभयो ।

प्रतिक्रया दिनुहोस्