बेवारिसे बम पट्किदा बाख्रा चराउन गएका ४ बालबालिकाको मृत्यु

लिवाङ । बेवारिसे बम बिस्फोट हुँदा रोल्पामा ४ बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ७ मा बिहिवार उक्त घटना भएको हो ।

मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

बेबारिसे बम खेलाउँदा ति बालबालिकाको मृत्यु भएको सूचना आएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।घटना वारे थप जानकारी आउन बाकी छ ।

प्रतिक्रया दिनुहोस्