कोरोनाका कारण विश्वका करिव ६० लाख श्रमिकको रोजोरोटी धरापमा

काठमाडौ । विस्वमा करिव ६० लाख श्रमिकको रोजोरोटी धरापमा परेको एक अद्ययनले देखाएको छ । महामारीका रूपमा विस्वमा फैलिएको कोरोना भाइरसका कारण यो संकट सृजना भएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांक अनुसार
अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । उनीहरूले अहिले नै बेरोजगारीको सङ्कट भोगिसकेका छन् ।

अनौपचारिक क्षेत्र अन्तर्गत पर्ने उत्पादन व्यापारलगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर सङ्कट’मा परेको सङ्गठनले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिएपछि सङ्गठनले विश्वभरी गरेको सर्वेक्षणको  विवरणमा यो उल्लेख गरिएको छ ।

विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार भएको जनाइएको छ । ती मध्ये दुई अरबले औपचारिक क्षेत्रमा काम गर्ने गरेका छन् भने बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेका छन् ।

कोरोनाका कारण सङ्कटमा परेकाहरू अधिकांश शारिरीक श्रम गर्नेहरु रहेको अध्ययनबाट देखिएको छ ।उनीहरूले आम्दानी गुमाएकाले जीवन धान्न पनि समस्या हुने गरेको पाइएको र यसले उनीहरुलाई ठूलो घाटा भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोरोना फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । त्यसको तुलनामा लकडाउन नभएका ठाउँमा असर कम परेको छ ।

त्यसैगरी प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१.६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् ।

प्रतिक्रया दिनुहोस्