ओलीलाई माधव नेपालले फोन गर्दै भने म तेस्रो पार्टी अध्यक्ष बन्दिन !

काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका छ्न । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साझ टेलीफोन गरि उनले ओलीले गरेको प्रस्ताव आफू स्वीकार नगर्ने बताएका हुन ।

बुधवार बसेको पार्टी सचिवालय बैठकमा ओलीले नेपाललाई तेस्रो वरियताको अध्यक्ष र वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए । पार्टी सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा अल्पमतमा परेका ओलीले अप्रत्यासितरुपमा यस्तो प्रस्ताव ल्याएका थिए ।

ओलीको प्रस्तावमा उपाध्यक्ष वामदेव गौतम केही आशावादी भएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालले गठजोड टुटाउने ओलीले यस्तो प्रस्ताव ल्याएको बताएका छन् ।

शनिवार नेकपाको सचिवालयको बैठक फेरी बस्दैछ ।

प्रतिक्रया दिनुहोस्