साउदीमा कोरोना संक्रमित ६ नेपाली निको भए

काठमाडौ । बैदेशिक रोजगारीको लागि साउदी पुगेका कोरोना संक्रमित ६ नेपाली निको भएका छन् ।साउदीमा ३१ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

६ जना निको भएसँगै अब साउदीमा २५ नेपाली कोरोना संक्रमित रहेका छन् । यसअघि जेद्दा क्षेत्रमा २६ जना नेपाली श्रमिकलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियोे ।

साउदीका लागि नेपाली राजदूत डा महेन्द्रप्रसाद सिंह राजपुतले दिएको जानकारीअनुसार कोरोना संक्रमित ६ जनाको स्वास्थ्य सामान्य भएपछि उनीहरुलाई घर पठाइएको जानकारी दिनुभयो । अन्यको उपचार भइरहेको बताउनुभएको छ ।

साउदीमा अहिलेसम्म २२ हजार ७ सयभन्दा धेरै जनामा कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जसमा ६२ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रया दिनुहोस्