क्वारेन्टाइनमै झुन्डियर आत्महत्या !

उदयपुर । उदयपुरमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छ्न । जिल्लाको रौतामाई गाउँपालिका- ७ गुराँसेका एक युवकले क्वारेन्टाइनभित्रै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमतीसहित जनता क्याम्पस रौतामाई- ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षिय सुमन विकले गएराति आत्महत्या गरेका हुन् ।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडाैं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो । आत्महत्या गर्नुको कारणले खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले बताए ।

श्रीमतीसग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलको पासो लगाएका थिए । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिका अनुसार उनीहरुबीच नियमित झगडा हुँदै आएको थियो ।

क्याम्पसको क्वारेन्टाइनमा कोरोना भाइरसको आशंका गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताउनुभयाे ।

प्रतिक्रया दिनुहोस्