वडा अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का वडा अध्यक्ष सहाबुद्धिन मुसलमानमााथि गोली प्रहार भएको छ ।

मुसलमानमाथि शुक्रबार बिहान गोली प्रहार भए पनि उनलाई नलागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

मल्लका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय पप्पु मुसलमानलाई पक्राउ गरेको छ । यसैबीच प्रहरीले घटनाबारे थप छानबिन अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रया दिनुहोस्