भारतमा दुईसाता लम्बियो लकडाउन ,नेपालमा के होला ?

काठमाडौं। कोरोना भाइरस रोकथामका लागि भारतमा लकडाउन फेरि दुई साता थपिएको छ। गृहमन्त्रालयमा शुक्रबार भएको छलफलमा भारत सरकारले कोभिड-१९ संक्रमणको जोखिम नघटेको भन्दै १७ मे सम्मका लागि लक डाउन थप गर्ने निर्णय गरेको हो ।

भारतको गृहमन्त्रालयका मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ भारतीय संचार माध्यमले जनाएका छ्न । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन् ।

साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ । २८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट हुनेछ ।

लकडाउन बढाउनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार उच्चस्तरीय बैठक गरेका थिए। करिब अढाई घण्टासम्म चलेको यस बैठकपछि भारत सरकारले लकडाउन बढाउने निर्णय लिएको हो। यो बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, चिफ फ डिफेन्स स्टाफ विपिन रावत, रेलमन्त्री पीयूष गोयलसहित सचिवतहका अन्य कर्मचारी पनि सहभागी थिए।

भारतमा सबैभन्दा पहिले २१ दिनको लकडाउन गरिएको थियो। प्रधानमन्त्री मोदीले २५ मार्चदेखि १४ अप्रिलसमम्म पहिलो लकडाउन लगाएका थिए। त्यसपछि १५ अप्रिलदेखि ३ मेसम्म १९ दिनका लागि दोस्रो लकडाउन लगाइएको थियो। तर यस पटक गृह मन्त्रालयमार्फत लकडाउन बढाउने घोषणा गरिएको हो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३५ हजार ३६५ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ एक हजार १५२ जनाको ज्यान गइसकेको छ।

यता नेपालमा पनि कोरोनाका विरामी भेटिन थालेपछि लकडाउन लम्बिने संकेत छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ।

मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ। भने जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो।

प्रतिक्रया दिनुहोस्