कक्षा चारदेखि १० सम्मका कक्षाहरु अब डिसहोम बाटै

काठमाडौं । टेलिभिजन सेवाप्रदायक कम्पनी डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै कक्षा कार्यक्रम सुरु गरेको छ ।

डिशहोम र डियरवाल्कको सहकार्यमा यहि बैशाख २० गतेबाट यो कार्यक्रम सुरुहुनेछ । जसमा डिसहोमले कक्षा ४ देखि कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्ने जनाएको छ ।

डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं.११६ माकक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुने जनाइएको छ ।

त्यस्तै विगत ६ महिना भन्दा बढि समय देखि डिशहोम रिचार्ज नगर्ने पुराना ग्राहकहरुको लागि डिशहोमले बैशाख २१ गते देखिलागु हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराउने भएको छ ।
(बाह्रखरीको सहयोगमा)

प्रतिक्रया दिनुहोस्