कोरोना कहर :विश्वमा दुईलाख ३९ हजार ५६६ को मृत्यु, संक्रमितको सङ्ख्या ३४ लाख

काठमाडौं । विस्वमा कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । कोरोनाको संक्रमणका कारण शनिबार बिहानसम्म २ लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो ।

कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २३६, बेलायतमा २७ हजार ५१०, स्पेनमा २४ हजार ८२४ तथा फ्रान्समा २४ हजार ५९४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

३४ लाखमा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ३१ हजारमा यो संक्रमण देखिएको छ । १० लाख ८० हजार कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

२० लाख ८० हजार संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५१ हजार ३०० को अवस्था गम्भीर रहेको छ बाँकीको मध्यम रहेको छ ।

जनवरीको पहिलो हप्ता चीनको वुहानबाट सुरु भएको यो कोरोनाको संक्रमण चीनमा भने नियन्त्रणमा आइसकेको छ ।

नेपालमा भने कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ।

मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ। भने जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो।

प्रतिक्रया दिनुहोस्