अब राजालाई साथ दिने या कौरवलाई ?


सागर न्यौपाने
यदि तपाईलाई कसैले अभिमन्यु कसरी मरे भनि सोध्यो भने ? संभवतः तपाईसंग दुई जवाफ छन । पहिलो: अभिमन्युलाई कौरवका दर्जनौ सेनाका महारथिले घेरेर मारे । दोस्रो: अर्जुनको चक्रव्यूह तोड़ने विद्या सुन्दासुन्दै सुभद्रा लाई नीद्रा लाग्यो यसैले गर्दा अभिमन्यु आमाको गर्भमा चक्रव्यूह तोड़ने पद्दीत सुन्न पाएनन जसले गर्दा चक्रव्यूहमा फसेर मरे ।, तर यो प्रश्नको सहि जवाफ होईन ।

यसको सहि जवाफ हो कौरवको रणनीति जसको कारण अर्जुनलाई युद्धक्षेत्र बाट जानिजानी यति टाढा लिएर गए कि,उनि चाहेर पनि आफ्नो छोरालाई बचाउन समयमा पुग्न नसकुन । यदि अर्जुन अभिमन्युबाट टाढा हुन्थेनन भने सायद अभिमन्युलाई कोहि मार्न सक्थेनन ।

       २०६२/६३ मापनि यस्तै भो :
कौरवका योद्दाहरु अर्थात
RAW,
EU,
माओवादी
काग्रेस,
एमाले,
लगायत गरी सातदलले एकजुट भएर राष्ट्रप्रेमि राजालाई सिद्दाउन लागे भने जनता र कथित राजाका निकटस्थ भनिएकाहरु पनि राजाबाट कौरवका(राष्ट्रघाति तत्वहरु)  रणनीतिज्ञहरुको जालमा परी राजासंग टाढीदै गए जसका कारण राजा एक्लै बने भने निर्दोष राजालाई दाईमारा सम्म बनाईयो तर निरिह बनेका राजा चुपचाप सहेर बसे । उनले सुन्दर शान्त देशलाई सत्ताको लागि रगतको खोला बगाउन चाहेनन र सहजै जसरी अभिमन्युले मृत्युवरण गरे त्यसरी २४० बर्षको ईतिहासलाई देश र जनताका खातिर राजाले पुर्णबिराम लगाए ।

तर देवभुमिमा कौरवको राज सह्यै हुदैन जसरी महाभारतमा असत्य माथि सत्यको विजय भयो त्यसैगरी यो पुण्यभुमि नेपालमा धर्मछाडा, कर्मछाडा, जनतामारा, बलात्कारी, दुराचारी, भ्रष्टाचारी लुटेराको जमातलाई निस्तेज पार्दै पुन:हामि जनताले रामराज्य स्थापना गर्न राजालाई साथ दिनैपर्छ ।

तपाईं हाम्रा विचार फरक होलान् ,पार्टी फरकफरक होलान् तर यो देशको माटोको निम्ति हामि मिल्नुको विकल्प छैन । हामी चेतनसिल प्राणी हौ, कहिलेकाही आफुले आफैलाई मुल्यांकन गर्न आबस्यक पनि हुन्छ । हामीमा थुप्रै समस्या,थुप्रै मतभिन्नता पनि छन यी हाम्रा घरभित्रका साझा समस्या हुन । अब घरभित्रका साझा समस्या समाधान आफै साम्य गर्नुको सट्टा विदेशी प्रभुको दास र गुलाम बन्ने सस्कार नेपाली राजनीतिले बसालिदियो ,यसलाई किनारा लाउनैपर्छ ।

       प्रश्न तपाईलाई !
अबपनि अभिमन्यु(राजालाई) एक्लै छोडेर अभिमन्यु मरेपछि पछुतो गर्ने या सत्यको पक्षमा बोली कौरवलाई निस्तेज पारी विजयको बिगुल फुक्ने ? या नारायणहिटी दरबारको शक्ति दिल्लि र भ्याटिकन दरबार बाटै सञ्चालन हुन दिने? भावि पिढिहरुका लागि स्वतंत्र र स्वाधीन नेपाल बचाउन एकपटक अवश्य सोच्नुहोला।

(लेखक सामाजिक अभियन्ता हुन, उनको यो नितान्त निजि विचार हो )

3 thoughts on “अब राजालाई साथ दिने या कौरवलाई ?

  1. अब राजालाई साथ दिने हो
    राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵❤️✊✊

  2. अब दलिय दलालहरुलाई संख फुकेर डाडा कटाउनु पर्छ ! हामी हजारौं कुकुर पालेर फोहोर गर्न चाहन्नौ , बरु एउटा सिंह पाल्न तयार छौ !

  3. Ma America ko citizenship liyeko byakti ho tara pani nepali mann bhayekole nepalko paristithi maathi chinta laagchha. Ra Tyo paristithi lai mulyankan garda raja aaunu jaruri chha jasto laagchha.

प्रतिक्रया दिनुहोस्