महामारीमा जग हसाउने सत्ता लुछाचुडीको रमिता !

बिन्दा गिरी
यतिबेला सिङ्गो विश्वजगत कोरोना भाइरसको महामारीसंग जुधिरहेको छ । हाम्रो देशमा पनि कोरोना रोकथामका लागि सरकार र नागरिक पक्षबाट धेरै प्रयास भएका छ्न । कोरोनाको सन्त्राससंगै सरकारले गरेको लकडाउनले जननीवन प्रभावित छ । यो वाध्यता र विवशता एकातिर छ ,अर्कोतिर सबैभन्दा बढी दैनिक मजदुरी गरिखाने वर्गहरु मारमा परेका छ्न । जिबिको पार्जनका लागि गरिखाने बाटो नै लकडाउनले बन्द गरिदिएपछि चुल्हो बाल्नै गाह्रो छ । दुईछाक टार्नका लागि भएपनि नागरिक गाउँ टोलमा आफ्ना जनप्रतिनिधि र सरकारको उपस्थिति खोजिरहेका छ्न । तर यसको प्रभाव खासै देखिएको पाइदैन । यधपी सरकार भने राहात र उद्दारमा कुनै कमि नभएको बताउछ ।

केहिदिन अघि मात्रै प्रधानमन्त्री केपी ओली जूले लकडाउनले गर्दा समस्यामा परेका नागरिकका लागि ८० करोड राहत बाडिएको बताए । तर प्रधानमन्त्रीले भनेबमोजिम सरकारले बाडेको ८० करोडको राहत कागजमै टारिएको पीडितहरु भन्छ्न । वास्तवमा प्रधानमन्त्री ज्यु तपाईंको के दोष १४ बर्ष जेल बसेर गरेको बलिदान न धनसम्पती कमाउनु छ, नत छोराछोरीनै पाल्नु छ । बस कुर्सी जोगाउनु छ त्यसका लागि  हजारौं सेतो हात्तीलाई मैमत्त हुनेगरी पोस्नु किन नपरोस ? त्यसैले प्रधानमन्त्री ज्यु ८० करोडको राहत  कागजमा बाडेभैगो जनतामा को घरसम्म पुर्याउनु परेन।

देशमा दुईतिहाइको बहुमतको भारी बोकेको कम्युनिस्ट सरकार छ । गाउँ नगर वडा सबैतिर भरिभराउ छ । स्थानीय सरकार छदैछ जसोतसो समस्या टालटुल गर्ने कोशिस मात्रै भए तर वास्तविक पीडितले अझै राहत पाउन सकेन्न र सरकारको उपस्थिति देख्न नपाएको गुनासो उस्तै सुनिन्छ ।

विश्वब्यापी रूपमा कोरोना संक्रमण फैलिरहेको अबस्थामा भौगोलिक हिसाबले कयौगुणा ठुलो र जनसंख्याको हिसाबमा सयौंगुणा बढी भएको राष्ट्रका सरकारको आलोचना भएको छैन  तर नेपालको सन्दर्भमा जम्मा जम्मी पौने ३ करोडको हाराहारीमा जनसंख्या छ त्यसमा पनि कर्मचारी लागायत सुरुबुरु खान पुग्ने परिवार छ्न । यसो हेर्दा डेढ करोड जनतालाई राहतको जरुरी परेन बाकी ६५ लाखभन्दा बढी बिदेशतिरै छन लगभग ती मध्य पनि सरसापट गरेर काम चलाउन सक्ने परिवार २० लाख होलान । साच्चिकै राहत दिनुपर्ने जनसंख्या जम्मा ३५ लाखको हराहारीमा देखियो । ती मध्य पनि  ४ जनाको परिवारलाई १५ किलोको दरले चामल र ३ किलो दाल दिदा निरक्षर जनताले पनि सजिलै हिसाब निकाल्छ्न ।

अर्कोतिर यो महामारीमा पीडितलाई सहयोगी हातहरुले समेत उत्तिकै राहत उपलब्ध गराइरहेको देखिन्छ । नेपालमा बर्सेनि  सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा छुट्टाइन्छ तर आजको कोरोना संक्रमणको अबस्थामा न स्वस्थ्य संस्थामा स्वस्थ्यसामग्री छ नत शिक्षामा कुनै नया प्रविधिको स्वास्थ्य ल्यावसेवा कै विकास गरियो। घरमा बसेर टुलुटुलु हेर्न बाहेक केहि विकल्प छैन । लाटो नेताको देशमा गाडोतन्नेरी जनता भयको परिस्थिति छ देशमा अहिले ।

राष्ट्रलाई निकाश र विकाश दिन नसक्नेहरुले कुर्सी कब्जागर्ने खेल मात्रै खेल्दा हुँदा खानेर हुनेखाने बीचको खाडल गहिराई तिर भासिन्दै छ, अर्थतन्त्र धरासाही हुदैछ । प्रधानमन्त्री ज्यु भन्नुहुन्छ म घरमा बसेर देश चलाउँदैछु । गल्ती त्यहीनिर भयो प्रधानमन्त्री ज्यु तपाईं अशक्त हुनुभयो अनि अर्धमुर्क्षित अबस्थामा देशको अबस्था पुग्यो । आजभोलि म सामाजिक संजालमा हेर्दैछु बेमौसमी बाजा अबको प्रधानमन्त्री को बन्ने ? केपी ओली ? माधबकुमार नेपाल ? प्रचण्ड ? वामदेब ? अथवा  बाबुराम भट्टराई ? मत भन्छु पत्तुरमा पनि काम नलाग्ने डिस्पोजको अबस्थामा पुगेका म्याद सकियका औसतमाहरु हुन यिनिहरु । त्यसको सेवन गर्दा कस्तो हानिपुग्छ जनताले बिचार गर्नपर्ने बेला भएको छ ।

जब एकपटक प्रधानमन्त्री भैसके पछि राष्ट्रको समस्या सम्बोधन गर्न नसक्ने,महङ्गी भ्रस्टाचार नियन्त्रणगर्न नसक्ने अनि आफ्नो र आफन्तको पोल्टो भर्नको लागि मात्रै प्रधानमन्त्री बन्छु भन्न लाज लाग्नुपर्ने होनर ? राष्ट्र समृद्धि तिर लैजाने कुनै भिजन योजना र उदेश्य नभएको व्यक्तिले देश चलाउछु भन्न कतिको उचित होला ? त्यसैले अब  राष्ट्रले परिबर्तन मागेको छ जनताले आवज उठाउनुपर्छ नत्र भावी सन्ततिले हामिलाइ सराप्ने छन ।

प्रतिक्रया दिनुहोस्