बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

कैलाली । कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । १ वर्ष पहिले किशोरीको मागी बिबाह भएको थियो । दाजु भाइ मिलि बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुबै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

‘१६ गते प्रहरीलाइ उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियो’, उनले भने, ‘कोरोनाको त्रासका कारण दुबैजनालाई परिवारको जिम्मा लगाइएको हो।’  युवती र उनका माईती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पुन पक्राउ गरि जिल्ला ल्याइएको उनले बताए। उनिहरुको आइतबार म्याद थप गरिने उनले जानकारी दिए ।

यसैबीच सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्। उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्धा मिलाइदिन्छु भनी स्थानीय बलात्कार उद्योगका आरोपीसँग घुस माग्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रया दिनुहोस्