कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको सङ्ख्या २ लाख ४४ हजार नाघ्यो

काठमाडौं । विस्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार नाघेको छ । कोरोनाको संक्रमणका कारण आइतबार बिहानसम्म २ लाख ४४ हजार ५८७ जनाको ज्यान गएको हो ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ६७ हजार ३९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । इटलीमा २८ हजार ७१०, बेलायतमा २८ हजार १३१, स्पेनमा २५ हजार १०० तथा फ्रान्समा २४ हजार ७६० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

३४ लाख ७९ हजार ७२६ मा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ५९ हजारमा यो संक्रमण देखिएको छ । ११ लाख ८ हजार कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

२० लाख ७६ हजार संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५० हजार ८६४ को अवस्था गम्भीर रहेको छ बाँकीको मध्यम रहेको छ ।

प्रतिक्रया दिनुहोस्