अमेरिकामा कोरोनाबाट ६७ हजार ३९६ को मृत्यु

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्रै ६७ हजार ३९६ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणका कारण आइतबार बिहानसम्म विश्वभरमा २ लाख ४४ हजार ५८७ जनाको ज्यान गएको छ ।

३४ लाख ७९ हजार ७२६ मा कोरोनाको संक्रमण देखिसकेकोमा अमेरिकामा सबैभन्दा धेरै ११ लाख ५९ हजारमा यो संक्रमण देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २८ हजार ५३४ कोरोना संत्रमित यो अवधीमा थपिएका छन् ।

हाल विश्वभर २१ लाख २७ हजार ११६ कोरोना संक्रमित छन् भने अमेरिकामा मात्रै ९ लाख ३१ हजार ५०० को उपचार भइरहेको छ ।

विश्वभर ५० हजार ८६४ कोरोना संक्रमितको अवस्था गम्भीर रहेकोमा अमेरिकामा मात्रै यस्ता संक्रमितको संख्या १६ हजार ४७५ छ ।

 

 

प्रतिक्रया दिनुहोस्