भारतमा कोरोना संक्रमण र मृत्युदर बढ्यो,एकैदिन एकसय बढीको ज्यान गयो

काठमाडौ । भारतमा कोरोना भाइरस संक्रमणका कारण त्यहाँको मृत्युदर बढ्न थालेको छ । भारतीय संचार माध्यमका अनुसार त्यहाँ दैनिक संक्रमण र मृत्युका घटना बढ्दै गएका छन् ।

शनिबार मात्रै भारतमा कोरोना संक्रमणका कारण १०० सय जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

यससँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । त्यहाँ कोरोना भाइरसका कुल संक्रमित संख्या पनि ३९ हजार ६९९ पुगेको छ । शनिबार एकैदिन मात्र २ हजार ४४२ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म १० हजार ८१९ जना उपचारपछि निको भएका छन् भने बाँकी २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रया दिनुहोस्