जम्मु–काश्मीरमा गोलावारी हुँदा कर्णेल, मेजरसहित पाँच जनाको मृत्यु

काठमाडौ । जम्मु–काश्मीरको कुपवाडा जिल्लामा पर्ने हंदवाडामा चरमपन्थी समूहसँगको भिडन्तमा दुई अधिकृतसहित सेना र जम्मु–काश्मीर प्रहरीका पाँचजनाको मृत्यु भएको छ ।

शनिबार भएको भिडन्तमा मारिनेमा भारतीय सेनाका एक कर्णेल र एक मेजर छन् । यसका साथै जम्मु–काश्मीर प्रहरीका एक अधिकारी र दुई सेनाका जवानको मृत्यु भएको भारतीय संचार माध्यम अमरउजालाले जनाएको छ ।

मृत्यु हुनेमा २१ राष्ट्रिय राइफलका कमान्डिङ आर्मी अफिसर कर्णेल आशुतोष शर्मा, मेजर अनुज, एक लेस नायक र एक राइलफल म्यानसँगै जम्मु–काश्मीर प्रहरीका इन्स्पेक्टर शकील छ्न । भिडन्तका क्रममा दुई चरमपन्थी पनि मारिएका छन् ।कर्नल आशुतोष शर्माले 2019 मा सेनाको मेडलबाट सम्मानित ब्यक्ति थिए ।

चरमपन्थीले हंदवाडाको चांगिमुलमा रहेको एक घरमा सर्वसाधारणलाई नियन्त्रणमा लिएर बसेका थिए । सोही सूचना पाएलगत्तै प्रशासनले सर्च अप्रेसन गरेको थियो । जम्मु–काश्मीर प्रहरी र सेनाको संयुक्त कारबाहीअन्तर्गत उक्त घरमा छापा मार्ने क्रममा भिडन्त भएको बताइएको छ ।

प्रतिक्रया दिनुहोस्