भारतमा अलपत्र परेकालाई घर फर्काउन माग गर्दै मेयरको घरमा धर्ना

कञ्चनपुर । भारतका विभिन्न शहरमा लकडाउनका कारण अलपत्र परेका आफन्तलाई घर फर्काउन माग गर्दै कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयले मेयरको घरमा धर्ना दिएका छन् ।

अलपत्र नेपालीलाई स्वदेश फर्काउन नगरपालिकाले आवश्यक पहल नगरेको उनीहरुको गुनासो छ ।

नगरप्रमुख वीरबहादुर सुनारले भने भारतमा अलपत्र परेका नेपालीलाई ल्याउन आवश्यक पहल भैरहेको बताए ।

नगरका झण्डै तीन हजार बढी मानिस रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रया दिनुहोस्